सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको टोली घोषणा, शेर मल्ल कप्तान

२०८२ चैत्र ७, ११:३० खबर संवाददाता

धनगढी: धनगढीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले आफ्नो टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानमा शेर मल्ललाई चयन गरिएको छ भने उपकप्तानको जिम्मेवारी किरण ठगुन्नालाई दिइएको छ।

घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन गरिएको छ। यसपटक सुदूरपश्चिमले अघिल्लो संस्करणको कमजोर प्रदर्शन सुधार गर्दै उपाधि दाबेदारका रूपमा प्रस्तुत हुने लक्ष्य राखेको जनाएको छ।

टोलीमा शेर मल्ल, किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन्।

अघिल्लो संस्करणमा सुदूरपश्चिमले ९ खेलमध्ये केवल ३ जित हात पारेको थियो। त्यसैले यसपटक नयाँ रणनीति र सन्तुलित टोलीमार्फत उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरिएको टोली व्यवस्थापनले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस