प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको टोली घोषणा
धनगढीः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ।
टोलीको नेतृत्व स्पिनर शेर मल्ललाई सुम्पिएको छ भने उपकप्तानको जिम्मेवारी किरण ठगुन्नाले पाएका छन्। गत संस्करणमा सुदूरपश्चिमको प्रदर्शन निकै कमजोर रहेको थियो। ९ खेलमध्ये मात्र ३ खेलमा जित दर्ता गर्दै टोली अंक तालिकाको आठौँ स्थानमा सीमित बनेको थियो।
यसपटक अनुभवी र युवा खेलाडीहरूको समिश्रणसहित मैदान उत्रन लागेको सुदूरपश्चिमले विगतको नतिजालाई सुधार्दै बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ। टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका र घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका खेलाडीहरूको बाहुल्यता रहेको छ।
सुदूरपश्चिमको टिम
शेर मल्ल (कप्तान), किरण ठगुन्ना (उपकप्तान), खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी।