सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा संसदीय दलको नेता शाही, मुख्य सचेतकमा ओली

२०८२ चैत्र ६, ०२:४२ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।

बिहीवार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा सांसद शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो। त्यस्तै खुश्वु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

ओली समानुपातिक सांसद हुन्। राप्रपाबाट प्रत्यक्षमा राप्रपाले १ सिट मात्र जितेको थियो। संसदमा राप्रपाबाट ५ जना सांसदहरु रहने छन्।

कमेन्ट लोड गर्नुस