सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा युवकको शंकास्पद मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग

२०८२ चैत्र ६, ०१:३० खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोलीको मृत्यु प्रकरणमा उनका परिवारजनले निष्पक्ष छानबिनको माग गरेका छन्। बुधबार बिहान पाटन–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा उनी मृत अवस्थामा फेला परेका थिए।

मंगलबार किनमेलका लागि पाटन बजार गएका नरेश राति अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा बुधबार बिहान करिब ८ बजे उनी नदी किनारमा मृत भेटिएका हुन्।

परिवारजनले घटनालाई शंकास्पद भन्दै विस्तृत अनुसन्धान गर्न आग्रह गरेका छन्। नरेशका बुवा सेरी कोली भारतबाट बिहीबार मात्रै घर फर्किएका हुन्। जिल्ला अस्पताल पुगेका उनले नरेशसँगै रहेका व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

उनले भने, “घरमा नरेशकी श्रीमती र सानो छोरा छन्। मैले छोरा गुमाएको छु, यो पीडा सधैं रहनेछ। अब यस घटनामा प्रहरीले निष्पक्ष छानबिन गरोस्, हामी आग्रह गर्छौं।”

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार नरेशको शवको आज पोस्टमार्टम गरिने तयारी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस