सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुख्खड–गड्डाचौकी रेलमार्गको डिपिआर तयार, २४ सय संरचना पर्ने

२०७६ भदौ ५, ०२:५७ जनक विष्ट

पूर्व पश्चिम रेल परियोजना अन्तरगत बुटवल–गड्डाचौकी खण्डको डिपिआर तयार भएको छ। परामर्श दाता कम्पनीले चार खण्डमा छुट्याएर रुपन्देहीको वुटवलदेखि गड्डाचौकी सम्मको डिपिआर अथात् विस्तृत परियोजना प्रतिवेदन तयार गरी डेढ महिना पहिले पेश गरिसकेको संघयि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकारले बताए।

 पूर्व पश्चिम रेल परियोजना अन्तरगत सुख्खड–गड्डाचौकी सम्मको विस्तृत परियोजना प्रतिवेदन अनुसार खण्डमा १५ सय घर सहित २४ सय नीजि संरचना हटाउनुपर्ने देखिएको  मेकानिकल इन्जिनीयर नवराज भट्टले जानकारी दिए। उनले विस्तृत परियोजना प्रतिवेदनमा सुख्खड देखि गड्डाचौकी सम्म मात्र ऐलानी, सार्वजनिक र नीजि समेत गरेर २ हजार १८ कित्ता जमिन पर्ने उल्लेख गरिएको बताए।

८९ किलोमिटर दुरी रहेको सुख्खड गड्डाचौकी खण्डमा १५ सय नीजि घर सहित २४ सय नीजि संरचना र साढे सात हजार रुख काट्नुपर्ने देखिएको भट्टले बताए। विस्तृत परियोजन प्रतिवेदनको काम सम्पन्न भएसँगै विभागले वातावरणीय प्रभाव मूल्याङ्नको प्रक्रिया अगाडी बढाएको जनाएको छ।

सरकारले नेपालमा विद्युतीय, मेट्रो र मोनोरेल सञ्चालनका लागि २०६८ असारमा गठन गरेको रेल विभागले परामर्शदाता कम्पनीबाटै वातावारणीय प्रभाव मूल्याङ्कन गरिरहेको जनाएको छ।   यसरी सञ्चालन गर्ने भनिएको रेलको गति प्रति घण्टा २ सय किलोमिटर सम्म हुनेछ । तर रेल सञ्चालन हुने क्षेत्रमा परेका वस्तीका कारण समस्या हुने आशंका गरिएको छ। 
 

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस