सुदूर नेपाललाई विश्वसँग जोड्दै

परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ : कृषिमन्त्री खनाल

। फोटो स्रोत ।
२०७६ भदौ ४, ०४:३५ खबर संवाददाता

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कुनै पनि हालतमा स्वास्थ परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने बताएका छन्। बुधबार काठमाण्डौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माणसम्बन्धी कार्यक्रममा बोल्दै संसारभरिका रोग हुल्ने गरी स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन नदिने बताए।

नेपाल विश्व स्वास्थ संगठनको राष्ट्र भएकोले खसी बोका आयातमा प्रतिबन्ध नलगाएको भन्दै स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताए। निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताउंदै उनले भने, ‘दशैँमा त देख्लास् भनेका छन, मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौँ, त्यसैमा जोड गर्नु पर्ला भनेको छु।’

आफ्नो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफैँ उत्पादनमा जोड दिएर स्वस्थकर खान सकिने उनको भनाई थियो। कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ ओटा आधुनिक वधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। 

त्यसका लागि भौतिक संरचना निर्माणका लागि पालिका र प्रदेश सरकारबाट ३२ करोड रुपैयाँ र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड रुपैयाँभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस