सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा सदस्य निर्वाचनः १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित 

२०८२ फाल्गुन २५, ०७:१७ रासस

काठमाडौँः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ। जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ। नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ।

नेकपा (एमाले)ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ। नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस