धनकुटा–१ मा एमालेका राजेन्द्रकुमार राई विजयी
धनकुटाः प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटा क्षेत्रबाट नेकपा ९एमाले० का उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन्। उनले १८ हजार १३२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत र रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मत प्राप्त गरेका छन्।
विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरेका छन्। यस क्षेत्रमा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन्। निर्वाचनमा तीन स्वतन्त्र र १४ दलका उम्मेदवार गरी १७ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए।