सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुर–३ बाट तोसिमा कार्की  विजयी

२०८२ फाल्गुन २३, ०७:४१ रासस

ललितपुर: राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। अन्तिम मत परिणाम अनुसार कार्कीले ३१ हजार १३६ मत प्राप्त गरिन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए। ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले भने ८ हजार ७६९ मत मात्र प्राप्त गरिन्।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेको साथमा पम्फा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन्।
 

कमेन्ट लोड गर्नुस