सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा सदस्य निर्वाचनः  रास्वपाका ५६ उम्मेदवार विजयी

२०८२ फाल्गुन २३, ०५:५५ रासस

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  हालसम्म ५६ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म ७१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले नौ क्षेत्रमा जित हासिल गरेको छ भने नौ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले तीन स्थानमा विजयी हुँदा नौ स्थानमा अगाडि रहेको छ ।
 
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट  हालसम्म एक उम्मेदवार विजयी हुनुभएको छ भने छ स्थानमा अग्रता लिएका छन् । यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा रहेका छन्। 

कमेन्ट लोड गर्नुस