सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवलपुर–२ मा रास्वपाका मनिष खनाल निर्वाचित

२०८२ फाल्गुन २३, ०५:०६ रासस

नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित  भएका हुन् । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । 

यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे। 

कमेन्ट लोड गर्नुस