सर्लाही-१ मा रास्वपाकी नितिमा भण्डारी विजयी
बरहथवाः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी (कार्की) विजयी भएका छन् । उनले कूल ४४ हजार १८१ मत प्राप्त गरे मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८१७ मत मात्र प्राप्त गरे भने नेकपा ९एमाले०का मनोजकुमार देवकोटाले छ हजार १०१, नेकपाका उम्मेदवार प्रमोदकुमार साहले पाँच हजार ४९८, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गरे।