सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

२०८२ फाल्गुन २२, ०७:१६ खबर संवाददाता

धनगढीः मनाङबाट प्रतिनिधि सभा सदस्यमा टेकबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी यशोदा गुरुङले ४५४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरिन्। उनी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार हुन्।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार राम बहादुर घलेले ९ मत प्राप्त गरेका छन्।

मनाङमा सम्पन्न मतगणनाअनुसार कांग्रेसका टेकबहादुर गुरुङले ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस