सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

२०८२ फाल्गुन २२, १२:४७ खबर संवाददाता

चितवनः चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन्।

हालसम्मको मतपरिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत पाएका छन्, जसअनुसार उनी लामिछानेभन्दा ४ हजार ३७१ मतले पछि छन्।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार २२२ मत प्राप्त गरेकी छन्। उनी लामिछानेभन्दा ४ हजार ४७८ मतले पछाडि रहेकी छन्।

त्यसैगरी नेकपाका उम्मेदवार टेकप्रसाद गुरुङले १ हजार ५५८ मत प्राप्त गरेका छन्, जुन लामिछानेभन्दा ५ हजार १४२ मतले कम हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन–२ मा मतगणना प्रक्रिया अझै जारी छ।
 

कमेन्ट लोड गर्नुस