सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्दको अग्रता

२०८२ फाल्गुन २२, १२:४० खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना जारी रहेको छ। आज बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत हालसम्म १ हजार ९६० मत गणना गरिएको छ।

प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार आनन्दबहादुर चन्दले अग्रता कायम गरेका छन्। उनले ९२२ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले २३२ मत पाएका छन् भने एमालेका यज्ञराज ढुंगानाले ४८३ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार प्रेम आलेले १५५ मत पाएका छन्।
 

कमेन्ट लोड गर्नुस