कञ्चनपुर १ मा रास्वपाको अग्रता, पछ्याउँदै काङ्ग्रेस
कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा बिहान ४ बजेबाट मतगणना सुरु भएको हो।
बिहान साढे ७ बजेसम्मको विवरण अनुसार १३७३ मत गणना हुँदा रास्वापाको ५ सय ९६ मत आएको छ। रास्वपालाई नेपाली काङ्ग्रेसले पन्छाईरहेको छ। काङ्ग्रेसले ३ सय ७१ नेकपा एमाले २ सय मत पाउदा ,उज्यालो नेपाल पार्टीले १ सय ६ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले १ सय मत प्राप्त गरेको छ।
क्षेत्र नम्बर १ मा निर्वाचन कार्यालय कार्यालयको प्ररम्भिक विवरण अनुसार ६१ हजार ७४ मत खसेको छ। कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यो क्षेत्रमा १९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन । जसमा ४ स्वतन्त्र छन भने १५ जना राजनीतिक दलबाट उम्मेदवार रहेका छन।
यो क्षेत्रबाट नेकपा एमाले बाट २०७९ को निर्वाचनमा बिजयी भएका तारालामा तामाङ ,नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर ,नेपाली काङ्ग्रेस बाट गोपि प्रसाद उपाध्याय ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी लगायतका १९ उम्मेदवार रहेका छ्न।