सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मतगणना स्थल तयार

२०८२ फाल्गुन २०, ०२:२८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको मतगणनाका लागि स्थल तयार पारिएको छ । जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तयार पारिएको हो ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा १०४ मतदान स्थल र १४१ मतदान केन्द्र रहेका छन भने एक अस्थाई मतदान केन्द्र गरि जम्मा १४२ मतदान केन्द्र छन । अदालतको ईजलास हलमा तार जाली लगाई मतगणना स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोईरालाले जानकारी दिए।

उनका अनुसार निर्वाचन सम्पन्न पश्चात मतपेटिका मतगणना स्थलमा पुगाईसके पछि २२ गते बिहान देखि मतगणना सुरु गरिने छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकासंग सिमा जोडिएको डडेल्धुराको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका ७ मलाश लगायतका मतदान केन्द्रहरु बाट मतपेटिका पुगाउन करिब सात घण्टा बढी समय लाग्ने देखिएको उनले बताए। उनका अनुसार मध्यराति वा २२ गते बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलसम्म पुगाई सके पछि दुई समुहमा मतगणना गर्ने गर्ने योजना छ ।

मुख्य निर्वाचन अधिकृत कोईरालाका अनुसार सोमबार नै मतदान अधिकृतलगायतका कर्मचारीहरु आ आफ्नो मतदान केन्द्रमा आवश्यक सामाग्रीसहित पुगिसकेका छन । भने मतदान केन्द्र लग भग तयार पारी सकेका छन । 

निर्वाचन सम्पन्न गर्न ८४९ जना कर्मचारी खटाईएको उनले जानकारी दिए।  उनका अनुसार १४२ मतदान अधिकृत, १४२ सहायक मतदान अधिकृत, ४२३ सहायक कर्मचारी, १४२ सहयोगी कर्मचारी र ३९१ स्वयम सेवक खटाईएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थिले दिएको जानकारी अनुसार डडेल्धुरामा ४६ हजार ४४६ महिला र ४६ हजार ९५७ जना पुरुष परि जम्मा मतदाता संख्या ९३ हजार ४०३ रहेको छ । डडेल्धुरामा तीन स्वतन्त्रसहित १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। 
  

कमेन्ट लोड गर्नुस