सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्योतिषीलाई पनि लाइसेन्सको व्यवस्था गर्नुपर्ने संसदको माग

२०७६ भदौ ३, ०२:३२ खबर संवाददाता

प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने विषय उठाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले महिनामा २/३ लाख रुपैयाँसम्म कमाउने ज्योतिषीलाई पनि लाइसेन्स दिएर कानुनी दायरामा ल्याउनुपर्ने बताइन्।

‘अरु विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन्। तर ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबेगर काम गरिरहेका छन’ उनले भनिन् ‘अहिले यो पेशा गर्नेहरु महिनामा २र३ लाख रुपैयाँ कमाइरहेका छन्। तर उनीहरुको निगरानी कुनै नियकाले गरेको छैन।’

त्यसै कारण ज्योतिषी पेशामा थुप्रै बेथिती देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताइन्। ‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौं राजस्व उठ्छ र पेशा पनि व्यवस्थित हुन्छ। यो काम तत्काल गर्नुपर्छ।’
 

कमेन्ट लोड गर्नुस