आजदेखि एक साता सार्वजनिक विदा
धनगढी: आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ ।
त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो । लगातार सात दिनसम्म सरकारी कार्यालय, वित्तीय संस्था र शिक्षण संस्थाहरू बन्द रहने भएका हुन् ।
साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् ।