सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी सुरक्षा अवस्था बुझ्न सुदूरपश्चिममा गृहमन्त्री अर्याल

२०८२ फाल्गुन १७, ०६:०७ खबर संवाददाता

धनगढी: गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । चुनावी सुरक्षा अवस्था बुझ्न सुदूरपश्चिम पुगेका गृहमन्त्री अर्यालले बझाङमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । ‘विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका निर्वाचन विरोधी गतिविधि भएका उदाहरण छन्,’ उनले भने, ‘यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं ।

रोकथाम गर्दागर्दै पनि निर्वाचन विरोधी काम भए कानुनी कारबाही हुन्छ । गृहमन्त्री अर्यालले निर्वाचन विरोधी गतिविधिमा संग्लनता देखिए आम नागरिक, राष्ट्र सेवक कर्मचारी वा दलका नेता कार्यकर्ता जोसुकै भए पनि पक्राउ गरेर मुद्दा चलाउने बताए । 

गृहमन्त्री अर्यालले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कैलाली जिल्ला पुगेर निर्वाचनको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा निर्देशन पनि दिएका छन् ।

कमेन्ट लोड गर्नुस