कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित
धनगढीः नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराए ।
सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी गराएका हुन् । कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् । पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए ।
डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत भएका थिए ।