सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरी पक्राउ परे दुर्गा प्रसाईं 

२०८२ फाल्गुन १७, ०९:०३ खबर संवाददाता

काठमाडौँः नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

निर्वाचन विथोल्ने प्रयास गरेको आरोपमा उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

उनले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए। प्रहरीले सोही सन्दर्भमा अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस