सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरालय र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान

२०८२ फाल्गुन १६, ०४:५४ खबर संवाददाता

काठमाण्डौ: नेपाल सरकारले नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण शुरु गरेपछि एडभाइजरी जारी गर्दै परराष्ट्र मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न कडाइका साथ सुझाव दिएको छ ।

यस्तै परारष्ट्र मन्त्रालयको एडभाइजरीमा मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको पनि उल्लेख छ । मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध पनि गरेको छ । 

यस्तै इजरायलमा रहेको नेपाली राजदूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । राजदूतावासले सूचना निकालेर इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी सबै निर्देशन कडाइका साथ पालना गर्न भनेको छ ।

दूतावासले सकेसम्म घरभित्रै बस्न, सधैं सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफू बसोबास गरिरहेको क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ ।  

कमेन्ट लोड गर्नुस