बहुविवाह मुद्दाका फरार अभियुक्त दोधारा चाँदनीबाट पक्राउ
कञ्चनपुरः बहुविवाह मुद्दामा दुई वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कञ्चनपुर को फैसला कार्यान्वयनका क्रममा दोधारा चाँदनी नगरपालिका–९ बस्ने ३५ वर्षीय लिल बहादुर बुढालाई बिहीबार पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनी बाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घर ठेगानाबाट नियन्त्रणमा लिएको जनाएको छ।
अदालतले बहुविवाह मुद्दामा उनलाई दुई वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। पक्राउ परेका बुढालाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।