सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य जाँचका लागि सिंगापुर गएका शेरबहादुर देउवा चुनाव अघि स्वदेश फर्किने

२०८२ फाल्गुन १४, ०१:४१ खबर संवाददाता

काठमाडौंः शेरबहादुर देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका छन्। उनका सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका लागि गएका देउवा चार दिनभित्रै स्वदेश फर्किने कार्यक्रम छ।

सचिवालयले जनाएको छ कि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै उनी नेपाल फर्किनेछन्। मतदानका लागि डडेल्धुरा जाने विषयमा भने हालसम्म टुंगो लागेको छैन।

देउवा यसपटक चुनावी प्रतिस्पर्धामा छैनन्। उनले २०४८ देखि २०७९ सालसम्म डडेल्धुराबाट लगातार आमनिर्वाचन जित्दै आएका थिए।

उनकी पत्नी आरजु राणा देउवा अहिले नयाँ दिल्ली मा रहेकी छन् भने देउवा एक्लै सिंगापुर गएका हुन्।

कमेन्ट लोड गर्नुस