दार्चुलामा भन्सार छलिका किराना सामान बरामद
दार्चुला: दार्चुला जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अवैध किराना सामान बरामद गरिएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुला बाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी रु. ३६ हजार ४९५ बराबरका किराना सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार उक्त सामान अवैध रूपमा भारतबाट भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरिएका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।