सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा साढे सात लाख बढीका अवैध कस्मेटिक सामान बरामद

२०८२ फाल्गुन १४, ०८:५१ खबर संवाददाता

कैलाली: कैलालीको भजनी नगरपालिका–५ भगतपुर क्षेत्रबाट भारतबाट भन्सार छलि गरी ल्याइएका करिब सात लाख ३५ हजार पाँच सय रुपैयाँ बराबरका अवैध कस्मेटिक सामान बरामद गरिएको छ।

बुधबार इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्विपुर बाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार अन्दाजी मूल्य रु. ७ लाख ३५ हजार ५ सय बराबरका विभिन्न प्रकारका कस्मेटिक सामग्री भारतबाट अवैध रूपमा भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस