सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ

२०८२ फाल्गुन १४, ०८:४५ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ बाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय रमेश सार्की रहेका छन्। बुधबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनलाई चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी सार्कीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस