सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेको रिहाइको माग गर्दे नाराबाजी गर्ने ७ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ भदौ २, ०५:३८ खबर संवाददाता

रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जनालाई पक्राउ प्रहरीले गरेको छ। उनीहरुले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष रहेको र तत्काल छाड्नु पर्ने भन्दै सडकमै नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि बिहान जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रविका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका थिए। पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए। सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन्।
 

कमेन्ट लोड गर्नुस