सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा जनशक्ति विस्ताबारे छलफल

२०८२ फाल्गुन १३, ०४:०४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात प्रदेशका जनताले स्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन् । बुधबार मुख्यमन्त्री शाह र विश्वविद्यालयका पदाधिकारीहरुबीच विश्वविद्यालय सञ्चालनका सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमका जनतामा स्तरीय स्वास्थ्य सेवाको पहुँच पुगाउनका लागि विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालय जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष रुपमा जोडिएकोले यसको सञ्चालनका लागि सरकार तयार रहेको र सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । 

सो क्रममा विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे समेत छलफल भएको थियो । छलफलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी, रजिस्ट्रार प्रा.डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कमेन्ट लोड गर्नुस