बेलौरी नगरपालिकामा खैरो हेरोइनसहित युवक पक्राउ
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित कलकत्ता बजार क्षेत्रबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
मंगलबार साँझ प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा एक ग्राम ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–३ मा देखदभुली बस्दै आएका २० वर्षीय दिपेश राना रहेका छन्।
प्रहरीले बरामद गरिएको पदार्थसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।