सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलिका सामान बरामद

file photo
file photo
२०८२ फाल्गुन १३, ०८:२१ खबर संवाददाता

कैलालीः कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी अवैध रूपमा ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामानहरूको अन्दाजी मूल्य रु. २ लाख २६ हजार ७४० रहेको जनाएको छ।

बरामद गरिएका सामानमा सुट कपडा, साडी, किराना सामग्री, ढोकाका कुण्डी, डोर होल्डर तथा रुबेल डोर लगायतका सामग्री रहेका छन्।

प्रहरीले उक्त सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस