सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सैपाल शिक्षा सदनको १३ वार्षिकोत्सव सम्पन्न

२०८२ फाल्गुन १२, ०७:१५ खबर संवाददाता

धनगढीः धनगढी-७ देवहरियामा रहेको सैपाल शिक्षा सदनको १३ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। मङ्गलवार विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको हो।

धनगढीका शिक्षा क्षेत्रका अगुवाहरूबाट सञ्चालित विद्यालयले अङ्ग्रेजी माध्यमबाट गुणस्तीय शिक्षा प्रदान गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर थापाले बताए।

वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका योग गुरू लवदेव मिश्रले विद्यालयले गुणस्तरीय तथा समय सुहाउँदो शिक्षा दिइरहेको विश्वास व्यक्त गरे। उनले विद्यालयले शिक्षासँगै संस्कारसमेत दिने प्रयास गरेको उल्लेख गर्दै विद्यालय परिवारको उत्तरोत्तर प्रगतिको शुभकामना दिए।

यस्तै विद्यालयका प्रधानाध्यापक सत्या रोकायाले विद्यालयले बालबालिकालाई केन्द्रमा राखेर शिक्षण सिकाइका साथै अन्य क्रियाकलाप पनि गर्दै आएको बताइन्।

वार्षिकोत्सव कार्यक्रमा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका संस्थापक तथा प्रधानाध्यापक एवं खेल क्षेत्रका अगुवा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए।
 

कमेन्ट लोड गर्नुस