धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त
काठमाडौँः संयुक्त अरब इमिरेट्स (युएई) ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ। युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो।
संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त
गरिएको छ। साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ।
उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने अन्य २५ जना घाइते भएका छन्।