बडीकेदार गाउँपालिकाद्वारा दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टलाई सम्मान
डोटीः बडीकेदार गाउँपालिकाले दृष्टि फाउण्डेशन, नेपालकी अध्यक्ष कल्पना भट्टलाई सम्मान–पत्र प्रदान गरेको छ। सुदूरपश्चिम प्रदेशमा साहाराविहीन, शारीरिक तथा मानसिक समस्याले सताइएका र कष्टपूर्ण अवस्थामा रहेका व्यक्तिहरू तथा अनाथ बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै भट्टलाई सम्मान गरेको हो।
दृष्टि फाउण्डेशनले आवास, भोजन, स्वास्थ्य उपचार र शिक्षाको प्रबन्ध गरी असहाय तथा अनाथ बालबालिकालाई सामान्य जीवनयापनतर्फ अग्रसर गराउने कार्य कार्य गरिरहेको दृष्टि फाउण्डेशन, नेपालकी अध्यक्ष कल्पना भट्टले बताइन्।
कठिन परिस्थितिका बीच पनि मानव लाई सहयोग गर्ने ब्यक्ति नै सच्चा भगवान हुने र पालिकाले सधैभ संस्थालाई सहयोग गर्न प्रतिबद्ध रहेको गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउ। गाउँपालिकाले दृष्टि फाउण्डेशन, नेपालको उत्तरोत्तर प्रगति तथा अध्यक्ष भट्टको सुस्वास्थ्य र दीर्घायुको कामना समेत व्यक्त गरेको छ।