सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरबाट करिब १३ लाख बराबरका अवैध मोबाइल र पार्टपुर्जा बरामद

२०८२ फाल्गुन ११, ०९:३७ खबर संवाददाता

धनगढीः कैलाली जिल्लाको टीकापुर नगरपालिका–१, बल्क नम्बर ७ स्थित मनुवा रोड क्षेत्रबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका मोबाइल तथा विभिन्न इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ।

आइतबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले करिब रु। १२ लाख ९७ हजार ६ सय मूल्य बराबरका आईफोन, डाटा केबल, चार्जर, एडाप्टर लगायतका विभिन्न पार्टपुर्जा बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस