सुदूर नेपाललाई विश्वसँग जोड्दै

 कञ्चनपुरमा भन्सार छली ल्याइएका एक लाख बढीका किराना सामान बरामद

२०८२ फाल्गुन १०, ०८:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ गुम्बा पछाडिबाट भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान प्रहरीले बरामद गरेको छ।

शनिबार प्रहरी चौकी परासनबाट खटिएको गस्ती टोलीले अन्दाजी मूल्य रु। १,००,०५० बराबरका विभिन्न किसिमका किराना सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ती सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस