सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको वाचापत्र सार्वजनिक (पूर्णपाठ सहित)

२०८२ फाल्गुन १०, ०७:१६ खबर संवाददाता

डोटी: राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वाचापत्र सार्वजनिक गरेको छ। वाचापत्रमार्फत पार्टीले सुशासन, पारदर्शिता र जनउत्तरदायी सरकार निर्माणलाई प्राथमिकता दिएको छ।

पार्टीका अनुसार डोटी जिल्लाको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, भ्रष्टाचार नियन्त्रण तथा स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग बाचापत्रका मुख्य एजेन्डा रहेका छन्। साथै युवाको सहभागिता बढाउने, सेवाग्राहीमैत्री प्रशासन विकास गर्ने र विकास निर्माणमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले बाचापत्र कार्यान्वयनमार्फत जनताको भरोसा जित्ने र सरकारलाई सक्षम तथा जवाफदेही बनाउने लक्ष्य लिएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट  डोटी जिल्लाबाट नरेन्द्र बहादुर खड्का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्।  

वाचापत्रको पूर्णपाठ यस्तो रहेको छ। 

कमेन्ट लोड गर्नुस