सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनलाई पाँच वर्ष जेल हाल्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ९, ०३:०८ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ। शुक्रबार काठमाडौं-३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन्।

शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गरेका छन्। 

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ। उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ। 

कमेन्ट लोड गर्नुस