सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीको हलौना घाटबाट अवैध सामान बरामद

file photo
file photo
२०८२ फाल्गुन ८, ०८:३२ खबर संवाददाता

कैलालीः जिल्लाको भजनी नगरपालिका–५ स्थित हलौना घाटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

बिहीबार राति इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले अन्दाजी मूल्य ५४ हजार २०० रुपैयाँ बराबरका भाँडावर्तन तथा कस्मेटिक सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार उक्त सामान भन्सार प्रक्रिया नपुर्‍याई ल्याइएको आशंका गरिएको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस