आज प्रजातन्त्र दिवस मनाइदैँ
काठमाडौँ: २००७ सालको जनक्रान्ति सफल भएको सम्झनामा आज देशभर प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ। नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक दिनका रूपमा यस दिवसलाई विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै आएको छ।
राणा शासनविरुद्धको आन्दोलनमा सहिद भएका धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलगायतका वीरहरूको बलिदान तथा तत्कालीन राजा त्रिभुवन र जनताको संयुक्त संघर्षबाट २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको थियो।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतले सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सरकारले आजका दिन सार्वजनिक बिदा दिएको छ।