सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सडक दुर्घटना, वडा अध्यक्ष पक्राउ

२०८२ फाल्गुन ६, ०३:२० खबर संवाददाता

धनगढीः कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्।

कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीया ईप्सा चौधरी गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि उनलाई नवजीवन अस्पताल, धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।

दुर्घटनामा गाडीमा सवार कैलारी–७ का ५० वर्षीय तारा चौधरी घाइते भएका छन् भने अन्य दुई जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीले गाडी चालक कैलारी–७ बस्ने ४० वर्षीय दिपेन्द्र बमलाई नियन्त्रणमा लिएको छ। बम कैलारी–७ का वडा अध्यक्ष हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस