कक्षा १२ को परीक्षा वैशाख १४ देखि, तालिका सार्वजनिक
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा २०८३ साल वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ। वैशाख १५ गते अनिवार्य नेपाली तथा प्राविधिक धारतर्फको सामाजिक अध्ययन ९सोसल स्टडिज० विषयको परीक्षा सञ्चालन गरिनेछ।
उक्त तालिका कक्षा १२ को साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित र आंशिक परीक्षार्थीहरूका लागि लागू हुनेछ। रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरूले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ।