सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८२ फाल्गुन ६, ०८:१० खबर संवाददाता

कैलालीः जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।

मंगलबार धनगढी उपमहानगरपालिका–३, चौराहा क्षेत्रमा प्रहरी गस्तीका क्रममा अन्दाजी मूल्य रु. ३९ हजार २०० बराबरका बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस