सुदूर नेपाललाई विश्वसँग जोड्दै

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो

२०८२ फाल्गुन ५, ०५:१८ खबर संवाददाता

काठमाडौँ: पैदलयात्रीलाई मुक्का हान्ने कारचालक पक्राउ परेका छन् । काठमाडौंको चप्पल कारखानानजिक एक कारचालकले पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पारस बमलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश अधिकारीले बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । 

काठमाडौंको चप्पल कारखाना नजिक एक कार चालकले पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि  पैदलयात्रीलाई कराएको दृश्य छ । 

कमेन्ट लोड गर्नुस