ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
काठमाडौँः आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए। त्यस्तै सोमपाल कामीले २६ रन बनाए। लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११/११ रन जोडे।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एकरएक विकेट लिए।