सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिकाको मृत्यु

२०७६ भदौ १, ०३:४४ खबर संवाददाता

डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुर बस्ने दीलबहादुर नेपालीकी ८ वर्षीया छोरी करिश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

उनका अनुसार ओल्के पर्व मनाउन दिपायल स्थित मामाघर गएकी उनी आइतबार बिहान ११ बजेको समयमा नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने स्थानबाट बगेर बेपत्ता भएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस