कैलालीमा अज्ञात महिलाको शव फेला
धनगढी: मोहन्याल गाउँपालिका–१ तल्लोपानीस्थित नव प्रगतिशील सामुदायिक वनको जंगलमा अन्दाजी २५ वर्षीया एक महिलाको शव फेला परेको छ।
शनिबार दिउँसो जंगल क्षेत्रमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले शव बरामद गरी मुचुल्का प्रक्रिया अघि बढाएको जनाएको छ।
मृतक महिलाको नाम, थर र स्थायी वतन हालसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। मृत्युको कारण पनि खुल्न बाँकी रहेको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।