कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ
धनगढी: टीकापुर नगरपालिका–९ खक्रौला चेकपोस्टबाट ९१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ बगनिया निवासी २० वर्षीय सरोज तिरुवा रहेका छन्। शनिबार साँझ प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध बरामद भएको जनाएको छ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पदार्थ फेला पारेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।