सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाका समानुपातिक उम्मेदवार तथा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल धनगढी आउँदै

२०८२ फाल्गुन १, ०६:३१ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल धनगढी आउने भएका छन्। क्रिकेटप्रेमी युवाहरूसँग भेटघाट तथा विश्वकप क्रिकेटको खेल सामूहिक रूपमा अवलोकन गर्ने कार्यक्रमका लागि उनी धनगढी आउन लागेको आयोजकले जनाएको छ।

नेपाल र वेस्ट इन्डिज बीच १५ फेब्रुअरी २०२६ मा हुने आईसीसी विश्वकप क्रिकेटको महत्वपूर्ण खेललाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा क्रिकेटप्रेमी युवा, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

खेलप्रेम र राष्ट्रप्रेमलाई एकसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा युवा सहभागिता, खेलकुद विकास तथा सकारात्मक नेतृत्वका विषयमा अन्तरक्रिया गरिने जनाइएको छ।

आशाको झोलाहरु संस्थाको आयोजनामा हुने उक्त कार्यक्रम धनगढीको सन्तोषीटोल स्थित एसटिएस सिनेमा हलमा आयोजना हुने छ। । आयोजकले सम्पूर्ण खेलप्रेमी युवाहरूलाई उपस्थित भई विश्वकप खेलको रोमाञ्चसँगै नेतृत्वसँग प्रत्यक्ष संवादको अवसर लिन आग्रह गरेका छन्। 

उक्त कार्यक्रमले धनगढीमा क्रिकेटको उत्साह र युवाशक्तिको ऊर्जा एकै स्थानमा देखिने आयोजकको विश्वास रहेको छ।

कमेन्ट लोड गर्नुस